आजको मौसम : पहाडी भेगमा पानी पर्ने सम्भावना

DaksuMedia दाक्सु मिडिया
|
२०७७ चैत्र १२

काठमाडौँ – आज पनि मौसम बदली भएको छ । स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले मौसममा बदली आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागहरुमा आंशिक बदली भई एक/दुई स्थानमा मेघगर्जन÷चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । शनिबारसम्मै मौसम बदली हुने महाशाखाले जनाएको छ ।

यो अवधिमा देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित वर्षाको सम्भावना भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले सचतेसमेत गराएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *