काठमाडौं । कीर्तिमानी आरोही कामीरिता शेर्पा २५ औं पटक सगरमाचाको चुचुरोमा पुगेका छन् । शेर्पाले नेतृत्व गरेको आइसफल डाक्टरहरुको टोलीले हिजो सगरमाथा को चुचुरो चुमेको छ ।
आरोहणको व्यवस्थापन गरिरहेको सेभेन समिट ट्रेक प्रालिले जनाए अनुसार कुल १२ जना आइसफल डाक्टरको टोली सगरमाथा चुचुरोमा पुगेको हो ।
१३ मे १९९४ मा पहिलो पटक सगरमाथा चुचुरो चुमेका कामीरिताको नाममा ८ हजार मिटर अग्ला चुचुरोमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान समेत रहेको छ ।
डोरी टाँग्दै गएको आइसफल डाक्टरको टोली हिजो साँझ ६ बजे चुचुरो पुगेको पर्यटन विभागकी निर्देशक मीरा आचार्यले पुष्टी गरिन् । उनका अनुसार अब आरोहणको ढोका खुलेको छ । मौसम अनुकुल रहेमा धमाधम आरोहण हुनेछ । यो सिजनमा सगरमाथाका लागि मात्र ४०८ जनाले अनुमति लिएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया