|
२०८३ आश्विन ७
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले संगठन विस्तार र सदस्यता नवीकरणलाई तीव्रता दिन असोज १५ गतेदेखि दुईमहिने राष्ट्रिय अभियान सञ्चालन गर्ने भएको छ। अभियान मंसिर १५ गतेसम्म चल्नेछ।
पार्टीका अनुसार अभियान केन्द्रदेखि गाउँ, वडा, टोल हुँदै घरदैलोसम्म सञ्चालन हुनेछ। यस क्रममा पार्टी तथा जनवर्गीय संगठनको समायोजन, संगठन निर्माण र सदस्यता वितरण तथा नवीकरणका काम अघि बढाइनेछ। विस्तृत कार्ययोजना आगामी सचिवालय बैठकले तय गर्नेछ।
यसैबीच, वामपन्थी दलहरूसँग एकताका लागि देव गुरुङको संयोजकत्वमा प्रकाश ज्वाला र गंगानारायण श्रेष्ठ सदस्य रहेको तीन सदस्यीय वार्ता समिति गठन गरिएको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्