भोटेकोशी पुनर्निर्माणमा अमेरिकी सहयोगबारे खनाल–हुकर छलफल

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन ७

काठमाडौँ । नेपालमा हालै आएको भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकी सहयोगका विषयमा परराष्ट्रमन्त्री शिशिर खनाल र अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरबीच छलफल भएको छ।

न्युयोर्कमा भएको भेटमा दुई पक्षबीच नेपाल–अमेरिका सम्बन्धसँगै बाढीपछि जारी राहत, पुनःस्थापना तथा पुनर्निर्माणका कामबारे विचार आदानप्रदान भएको हो। अमेरिकाले पुनर्निर्माणमा निरन्तर सहयोग गर्ने विषयमा पनि कुराकानी भएको नेपाली नियोगले जनाएको छ।

भेटमा परराष्ट्रसचिव अमृतबहादुर राई र स्थायी नियोग प्रमुख लोकबहादुर थापालगायत अधिकारी सहभागी थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *