ट्राफिक नियम उल्लंघन गर्ने ३९६ चालकलाई कारबाही

DaksuMedia दाक्सु मिडिया
|
अशोज ७, २०८३

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने ३९६ जना चालक पछिल्लो २४ घण्टामा कारबाहीमा परेका छन्।

ट्राफिक प्रहरीका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने ५३ जना तथा सिसिटिभी निगरानीबाट पहिचान भएका ४३ जना चालकलाई कारबाही गरिएको छ। यस्तै, रातोबत्ती उल्लंघन गर्ने २१ जना पनि कारबाहीमा परेका छन्।

प्रहरीले तीव्र गतिमा सवारी चलाउने १९, निषेधित क्षेत्रमा हर्न बजाउने ६, लेन उल्लंघन गर्ने ८ र एकतर्फी सडकको नियम मिच्ने ३ चालकलाई कारबाही गरेको जनाएको छ।

सवारीको अवस्था ठीक नराखी चलाउने ३ जनासहित अन्य ट्राफिक नियम उल्लंघन गर्ने २४० जना चालकसमेत कारबाहीको दायरामा परेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

1 Comments

  1. pheevip

    September 26, 2026

    Fast deposits and even faster withdrawals. It is hard to find a site that doesn’t make you jump through hoops. Glad I found pheevip.

Leave a Reply

Your email address will not be published. Required fields are marked *