लमजुङ । निर्माण सुरु भएको तीन वर्ष बितिसक्दा पनि बिचौर–भुम्लीचोक–फुलाङ्गिरी–जोर्ने–गौडाभञ्ज्याङ सडकको करिब आठ किलोमिटर खण्ड पूरा हुन सकेको छैन। हालसम्म सडकको भौतिक प्रगति ४७ प्रतिशत मात्रै रहेको छ।
समयमै निर्माण सम्पन्न नहुँदा सडक अधुरो र जीर्ण अवस्थामा रहँदा स्थानीयवासीलाई आवतजावतमा समस्या भएको छ। साथै, गाउँमा उत्पादित कृषि सामग्री बजारसम्म पुर्याउनसमेत कठिनाइ भइरहेको स्थानीय जनप्रतिनिधिको भनाइ छ।
२८ करोड ६५ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको सडक २०८२ असारसम्म निर्माण सम्पन्न गर्नुपर्ने थियो। निर्धारित समयमा काम नसकिएपछि म्याद थपिए पनि निर्माणले गति लिन सकेन।
निर्माण व्यवसायीले थप समय माग गरेपछि सडक डिभिजन कार्यालय दमौलीले २०८३ चैतभित्र काम सम्पन्न गर्ने गरी नयाँ समयसीमा तोकेको छ। कार्यालयका अनुसार हालसम्म करिब ८०० मिटर आरसिसी ढलान गर्नुपर्नेमा ६५० मिटर काम सकिएको छ भने अन्य संरचना निर्माण तथा सडक चौडा बनाउने काम पनि भएका छन्।
स्थानीयले भने सडक निर्माणलाई तीव्रता दिई तोकिएको समयभित्रै काम सम्पन्न गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्