अकबरे खुर्सानी फल्यो, किसानलाई बजारको चिन्ता

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन ७

म्याग्दी । बारीमा अकबरे खुर्सानी लटरम्म फले पनि म्याग्दीका किसानलाई उत्पादन बिक्री गर्ने बजार र उचित मूल्यको चिन्ता बढेको छ। भकिम्लीका किसानले यस वर्ष प्रतिकिलो १३० रुपैयाँसम्ममा पनि खुर्सानी बेच्न कठिन भएको बताएका छन्।

तीन वर्षदेखि व्यावसायिक रूपमा अकबरे खेती हुँदै आएको भकिम्लीमा यसपटक करिब १० किसानले खेती गरेका छन्। गत वर्ष प्रतिकिलो २०० रुपैयाँसम्म बिक्री भएको खुर्सानीको मूल्य यस वर्ष घटेपछि किसानको आम्दानी प्रभावित भएको छ।

नौ रोपनीमा खेती गरेका किसान लालबहादुर पुनका अनुसार उचित मूल्य पाए भकिम्लीबाट मात्रै २० लाख रुपैयाँभन्दा बढीको खुर्सानी बिक्री हुन सक्छ। तर व्यापारीबाट समयमै भुक्तानी नपाउने समस्या पनि रहेको किसानको गुनासो छ।

स्थानीय बजारमा ताजा खुर्सानीको माग सीमित भएकाले उत्पादनलाई सुकाएर तथा प्रशोधन गरी बिक्री गर्ने व्यवस्था आवश्यक देखिएको छ। किसानले बजार व्यवस्थापनसँगै प्रशोधन र प्याकेजिङसम्बन्धी सीपको आवश्यकता औँल्याएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *