×

सुदूरपश्चिमका अस्पतालमा संक्रमितको बढ्दो चाप, उपचारका लागि जनशक्ति र उपकरणको अभाव

बैशाख १४, २०७८ | दाक्सु मिडिया

कोरोना संक्रमणको दोस्रो प्रहर बढेसँगै सुदूरपश्चिम प्रदेश उच्च जोखिममा परेको छ। दिनदिनै कोरोनाका बिरामी बढेका कारण उनीहरूको अवस्था गम्भीर हुँदै गएको छ। कतिले ज्यान गुमाए तापनि गम्भीर संक्रमितको उपचारका लागि अस्पतालमा चाहिने सुविधाको अभाव छ। 

जिल्ला अस्पताल बझाङमा ३ बेडको आइसियु र २ वटा भेन्टिलेटर जनशक्ति अभावमा थन्किएका छन्।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर सन्दिप ओखेडाले जनशक्ति अभावमा कोभिडका बिमारीको उपचारमा निकै समस्या आएको बताए।

‘आइसियु र भेन्टिलेटरमा आवश्यक पर्ने विशेषज्ञ छैन,  बिरामीलाई रिफर गर्नुपर्ने अवस्था छ,’ उनले भने।

अस्पतालको पिसिआर ल्याब पनि बजेट अभावका कारण पूर्ण रूपमा बन्द छ। बीचमा परीक्षण बन्द भएको मेसिन अहिले काम गर्ने मान्छेलाई तलब खुवाउने पैसा नभएर बन्द छ। उक्त मेसिन ६ महिना प्रदेश सरकारले दिएको बजेटबाट चलेको थियो। पछि बजेट अभावले बन्द भएको हो।

‘अहिले प्रदेश सरकारसँग फेरि पैसा मागेका छौं। स्थानीय तहले सहयोग गर्ने भनेका छन्। त्यो पाए एक हप्ताभित्र सुचारू हुनेछ,’ उनले भने।यो अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि सात जना कर्मचारीले टोली बनाएर काम गरिरहेका छन्।उनीहरू कोभिड वार्डमा गए अरू बिरामीको उपचारमा जनशक्ति अभाव हुन थालेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: