आगलागीका कारण गुजरातको कोरोना अस्पतालमा बिरामीसहित १५ जनाको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०७८ बैशाख १८

भारतमा शुक्रवार राति पटेल वेलफेयर अस्पतालमा लागेको आगोमा परी १५ जनाको मृत्यु भएको छ। जसमा १२ जना बिरामी रहेको उल्लेख गरिएको छ। घटनालगत्तै बाँकी बिरामीलाई त्यहाँस्थित सिभिल अस्पताल, सेवाश्रम अस्पताललगायतमा सारिएको छ।

घटनामा परी केही व्यक्ति गम्भीर घाइते भएकाले मृत्युको संख्या अझै बढ्न सक्ने बताइएको छ।

एक आइसियु वार्डमा करिब रातको १२:३० बजे बिद्दुत सर्किट सट हुँदा आगो लागेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। आगो नियन्त्रणका लागि ४० वटा दमकल प्रयोग गरिएको थियो। पछिल्लो समय भारतका विभिन्न अस्पतालमा आगलागीका घटना बढ्न थालेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *