×

आज आर्मी र वालिङ तथा पुलिस र मोरङ भिड्दै

माघ २७, २०७७ | दाक्सु मिडिया सम्वाददाता

काठमाडौँ । राष्ट्रिय महिला लिग फुटबल अन्तर्गत आज दुई खेल हुँदैछन् ।
एन्फा कम्प्लेक्समा दिउँसो १२ बजे त्रिभुवन आर्मी फुटबल क्लब र स्याङ्जाको वालिङ नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ भने आजै दिउँसो ३ बजे अर्को विभागीय टोली नेपाल पुलिस क्लब र मोरङको विराटनगर महानगरपालिकाबीचको खेल हुनेछ ।
यसअघि हिजो भएको खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई १४–० गोलले पराजित गरेको थियो । जारी फुटबलमा हालसम्म एपीएफ १८ अंकसहित शीर्षस्थानमा छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: