×

राष्ट्रिय महिला लिग फुटबलः आज दुई खेल हुँदै

माघ २९, २०७७ | दाक्सु मिडिया सम्वाददाता

काठमाडौं – राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदैछन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा वालिङ नगरपालिका र चौदण्डीगढी नगरपालिका भिड्ने छन् ।

यस्तै आजै हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लव र विराटनगर महानगरपालिका आमनेसामने हुँदैछन् । वालिङ र चौदण्डीबीचको खेल अपरान्ह १२ बजे सुरु हुनेछ । दुबै टिम जित्ने लक्ष्यका साथ मैदान उत्रने छन् ।

वालिङ ७ खेलमा ११ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । चौदण्डी भने अंक विहीन रहदै पुछारमा रहेको छ । आर्मी र विराटनगरबीचको खेल अपराह्न ३ बजे हुनेछ ।

आर्मी विराटनगरलाई हराउँदै उपाधि होड कायमै राख्न चाहन्छ । आर्मी १९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । विराटनगर १० अंक जोडेर पाँचौँ स्थानमा रहेको 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: