काठमाडौँ : नेपाल क्रिकेट संघ क्यानको आयोजनामा पहिलो संस्करणको काठमाडौं मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको आजबाट सुरु हुँदैछ । काठमाडौं महानगरपालिकाको सहयोगमा हुने प्रतियोगिताको पहिलो दिन दुई खेल हुनेछ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
यस्तै मुलपानी क्रिकेट मैदानमा नेपाल पुलिस क्लब र बागमती प्रदेशबीच खेल हुनेछ । गत माघमा भएको प्रधानमन्त्री कपको सेमिफाइनल पुगेका चार टिम र आयोजक टिम काठमाडौं मेयर–११ सहित प्रतियोगितामा पाँच टपम सहभागी छन् ।
राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टिमले उपाधिको लागि खेल्ने छन् । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेता टिमले ३ लाख पाउने छन् । यस्तै सर्वोत्कृष्ट खेलाडीले ५० हजार प्राप्त गर्नेछ । उत्कृष्ट ब्याट्सम्यान र बलरले २५÷२५ हजार पाउने छन् ।
यस्तै प्रतियोगितामा खेलाडीले प्रति खेल २ हजार म्याच फि पाउनेछन् । हरेक खेलको प्लेयर अफ द म्याचले ५ हजार पाउने छन् । फाइनल खेल २९ गते हुनेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया