
नयाँदिल्ली– भारतीय क्रिकेट कप्तान विराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्माले छोरीको तस्बिर सार्वजनिक गरेका छन् । उनीहरुले जनवरी ११ मा छोरीलाई जन्म दिएका थिए ।
अनुष्का शर्माले छोरीको तस्बिर इन्स्टाग्राममार्फत सार्वजनिक गर्दै छोरीको जन्मसँगै आफूहरुले केही मिनेटभित्रै आँसु, हाँसो, खुशि, चिन्ता सबै भोगेको बताएकी छिन् ।
उनीहरुले छोरीको नाम वामिका राखेको पनि बताएका छन् । बलिउडकी स्थापित नायिका र विश्व क्रिकेटका सफल कप्तान विराट कोहली दम्पतीबाट जन्मिएकी वामिका उनीहरुकी पहिलो सन्तान हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया