आमा बन्न लागेको बताउँदै ऋचाले लेखिन्- आमा क्षितिजबाट भन्दै हुनुहोला, ‘छोरी आज ठूली भई’

DaksuMedia दाक्सु मिडिया
|
२०७८ बैशाख १

काठमाडौं– अभिनेत्री ऋचा शर्माले आफू आमा बन्न लागेको सार्वजनिक गरेकी छिन् । नयाँ वर्षको दिन ऋचाले सामाजिक सञ्जालमा आफ्नी आमाको स्मरण गर्दै आफू आमा बन्न लागेको खबर सार्वजनिक गरेकी हुन् ।

उनले सामाजिक सञ्जालमा अगाडि लेखेकी छिन् ‘आमाले भन्नुहुन्थ्यो आफ्नो सन्तान भएपछि थाहा पाउछस्। आज त्यही कुरा स्मरणमा आइरहेको छ। एउटा जीवनलाई आफ्नो गर्भमा हुर्काउने सौभाग्य पाउँदा, आज शब्दमा आफ्नो भावनाहरू पोख्न सकिरहेको छैन,ुउनले लेखेकी छन्,ुआज आफ्नो धड्कन भन्दा कोही अरूको धड्कन मभित्र प्यारो आभास भइरहेको छ।’

फेसबुकमा स्टाटस लेख्दै उनले पति दिपेक्षविक्रम राणासँगै भर्खरै रोपेको बिरूवामा पानी हाल्दै गरेको तस्वीर राखेकी छन्।

‘आज तपाईंहरू माझ यो खुसी बाँड्न पाउँदा सम्पूर्ण महसुस भइरहेको छ। एउटा जीवनलाई स्वरूप दिएर जीवन्त बनाउन पाउनु सायद साँच्चै नै सौभाग्यको कुरा हो,’ उनले लेखेकी छिन्, ‘त्यही प्यारो जीवनको स्वागत गर्दै घरको दैलोमा म र मेरो श्रीमानले यो सजीवनको रूख रोप्दैछौं। यो नयाँ जीवनको आगमन र यो रूखको अटूट साथ सधैं बनिरहोस् भन्ने तपाईंहरू सम्पूर्णको आशीर्वादको अपेक्षा गर्दछु।’

त्यस्तै, क्षितिजमा रहेकी आमाले पनि छोरीलाई ठूली भई भन्दै गरेको हुनुपर्ने उनले लेखेकी छन्। ‘मेरी आमा पनि पर क्षितिजबाट भन्दै हुनुहुन्छ होला, ‘छोरी आज ठूली भई।’

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *