|
२०८३ भाद्र २५
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकता विवादमा सर्वोच्च अदालतबाट आफूहरूलाई न्याय मिल्ने विश्वास व्यक्त गरेका छन्।
भक्तपुरमा आयोजित बीपी जयन्तीसम्बन्धी कार्यक्रममा बोल्दै देउवाले सर्वोच्च अदालतले पुनरावलोकनका लागि निस्सा दिएसँगै आफूहरूको पक्षमा महत्वपूर्ण प्रगति भएको दाबी गरे।
उनले गगन थापालाई विशेष महाधिवेशन बोलाउने अधिकार नभएको जिकिर गर्दै पार्टीको आधिकारिकता आफूहरूले नै प्राप्त गर्ने बताए। देउवाले जस्तोसुकै प्रयास भए पनि कांग्रेसको रुख चिह्न र चारतारे झण्डा आफूहरूले पाउने दाबीसमेत गरे।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्