|
२०८३ श्रावण ३०
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले प्रजातन्त्रको पक्षमा अडान लिँदा तत्कालीन राजा ज्ञानेन्द्र शाहको शासनकालमा आफू जेल परेको बताएका छन्।
काठमाडौंमा आयोजित आफूपक्षीय भेलामा देउवाले राजालाई प्रजातन्त्रविरुद्ध अघि नबढ्न आग्रह गरेकै कारण आफूले कारबाही भोग्नुपरेको दाबी गरे। अदालतप्रति आफ्नो विश्वास कायमै रहेको बताउँदै उनले अहिले पनि न्यायालयबाट न्याय पाउने अपेक्षा व्यक्त गरे।
देउवाले नेपालमा गणतन्त्र स्थापना हुनुमा तत्कालीन राजाको भूमिकासमेत रहेको दाबी गरेका छन्।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्