|
२०८३ श्रावण १५
काठमाडौं । नेपाली कांग्रेसका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले तराईका केही क्षेत्रमा पछिल्ला दिनमा देखिएको तनावप्रति चिन्ता व्यक्त गरेका छन्। उनले सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न सबै नागरिकलाई संयमित हुन आग्रह गरेका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै देउवाले हिंसात्मक गतिविधिले कसैको हित नगर्ने उल्लेख गरेका छन्। उनले घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
देउवाले परिस्थितिलाई थप जटिल हुन नदिन सरकारलाई सबै राजनीतिक दलसँग समन्वय गरी तत्काल प्रभावकारी कदम चाल्न पनि आग्रह गरेका छन्।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्