देउवाको गृहजिल्ला डडेलधुरामा कांग्रेसका महर तेस्रो स्थानमा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन २२

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा डडेलधुरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उमेदवार ताराप्रसाद जोशीको अग्रता कायमै छ । जोशीको ४७८ मत प्राप्त गरेका छन् ।

उनलाई पछ्याइरहेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उमेदवार मानसिंह मालले २९१ मत पाएका छन् ।

नेपाली कांग्रेसका उमेदवार नैनसिंह महर २७८ मतसहित तेस्रो स्थानमा रहेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभा सदस्यतर्फ डडेलधुरामा एउटा मात्र निर्वाचन क्षेत्र छ । डडेलधुरा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको गृहजिल्ला हो । ०४८ सालयता ०७९ सम्म देउवाले डडेलधुराबाट लगातार निर्वाचन जितेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *