|
२०८३ श्रावण २
काठमाडौं : निरन्तरको वर्षासँगै आएको पहिरो, बाढी र सडक हिलाम्मे हुँदा देशका विभिन्न राजमार्ग तथा सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ। केही सडक पूर्ण रूपमा बन्द भएका छन् भने केहीमा रातिको समयमा मात्र सवारी सञ्चालनमा रोक लगाइएको छ।
बिपी राजमार्ग र कान्ति लोकपथमा निश्चित समयका लागि सवारी आवागमन सीमित गरिएको छ। यस्तै, मेची राजमार्ग, अरनिको राजमार्ग, सालझण्डी–ढोरपाटन सडक तथा कालीगण्डकी करिडोरका केही खण्ड पहिरोका कारण अवरुद्ध भएका छन्।
प्रहरीले यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्