
काठमाडौ । बीपी राजमार्ग आजदेखि सञ्चालनमा आउने भएको छ ।
बाढी र पहिरोका कारण असोज ११ गतेदेखि अवरुद्ध भएको राजमार्ग आजदेखि सञ्चालनमा आउन लागेको हो ।
काभ्रेभन्ज्याङ-नेपालथोक खन्डको १२ किलोमिटर सडक रोशी खोलाले बगाउँदा यातायात ठप्प बनेको छ । अहिले दाउन्ने-मंगलटार खण्डको काम भइरहेको छ । जुन खण्डमा ५० मिटर सडक बगेको छ । यातायात पुन: सञ्चालन गर्न खोलाका कारण अप्ठ्यारो परेको थियो ।
कतै खोलो तर्काएर त कतै एकतर्फीरुपमा सवारी चलाउन मिल्ने गरी अस्थायी रुपमा सडक सञ्चालनमा ल्याउन लागिएको भौतिक तथा पूर्वाधार मन्त्रालयले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया