काठमाडौं – चीनले सहयोग गर्ने थप १६ लाख डोज भेरोसेल खोप २३ अक्टोबरसम्म काठमाडौं आइपुग्ने भएको छ।
चीन सरकारको सहयोगमा प्राप्त उक्त खोप २०, २२ र २३ अक्टोबरमा आइपुग्ने स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिए। चीन सरकारले पाँच मिलियन युयान रेनमिन्बी बराबरको चिकित्सा सामग्री सहायता गर्ने उनको भनाइ छ ।
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीसँगको छलफलमा चीन सरकारले उक्त रकम बराबरको सहायता गर्ने बताइएको छ। उक्त सहायता नेपालमा कोभिड प्यानडेमिकको तेस्रो लहर नियन्त्रणका लागि उपयोग गरिने श्रेष्ठको भनाइ छ।
चीनले नेपाललाई कोरोनाभाइरसविरूद्धको १० लाख डोज सिनोभ्याक खोप अनुदानमा दिने भएको छ।
काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले बुधबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठसँगको भेटमा चिनियाँ सरकारले थप १० लाख डोज अनुदानमा दिने निर्णय गरेको जानकारी दिएकी हुन्।
कोरोनाभाइरसको तेस्रो लहर रोक्नका लागि चाहिने पूर्वाधार बनाउन नेपाललाई चीनले ५० लाख चिनियाँ युआन (९ करोड २४ लाख रुपैयाँ) सहयोग गर्ने पनि राज्यमन्त्री श्रेष्ठले ट्वीटरमा उल्लेख गरेका छन्।
श्रेष्ठका अनुसार चीनले तीन लाख डोज खोप नेपाली सेनाका लागि पनि अनुदान दिने बताएको छ।
काठमाडौंस्थित चिनियाँ राजदूतावासले पनि सिनोभ्याक खोप ल्याउनेबारे दुई देशका अधिकारीहरूले आवश्यक तयारी गरिरहेको जनाएको छ।
चीनले यसअघि नेपाललाई भेरोसेल खोप अनुदानमा दिएको थियो भने नेपाल सरकारले पनि चीनसँग सोही खोप खरिद गरेको थियो। सिनोभ्याक खोप अहिलेसम्म नेपालमा प्रयोग भएको छैन।
दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्