|
२०८३ भाद्र १३
काठमाडौं । रसुवामा आएको बाढीले बगाएर धादिङसम्म पुर्याएको बैंकको सेफ फेला परेपछि त्यसलाई फुटाएर रकम निकालिएको घटनामा प्रहरीले २९ जनालाई पक्राउ गरेको छ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले सेफ खोल्ने कार्यमा संलग्न रहेको आरोप लागेका उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकाहरूको साथबाट ९२ लाख ६८ हजार ५ सय ५ रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय धादिङको हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको छ।
बाढीका कारण रसुवास्थित बैंकको सेफ बगेर धादिङ पुगेको थियो। सोही सेफ फेला पारेपछि रकम निकालिएको सूचना पाएपछि प्रहरीले खोजी गर्दै संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो।-

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्