दुर्गा प्रसाईंका सुरक्षागार्ड दीपक खड्का अभद्र व्यवहारमा पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर ४

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका निजी सुरक्षागार्ड दीपक खड्कालाई अभद्र व्यवहारको आरोपमा प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

मंगलबार प्रसाईंलाई भेट्न पुगेका ९ जनामध्ये ८ जनालाई रिहा गरिएको तर खड्कालाई म्याद लिएर थुनामा राखिएको काठमाडौँ प्रहरीले जनाएको छ।

सार्वजनिक शान्तिमा खलल पुर्‍याएको आरोपमा प्रसाईंलाई पनि चार दिनको म्यादसहित सोमबार राति पक्राउ गरिएको हो। मंसिर ७ गतेबाट सुरु हुने भनिएको प्रसाईं नेतृत्वको देशव्यापी आन्दोलन अघि नै उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *