भोटेकोशीको बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ४८९ पुग्याे

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र १२

काठमाडौँ, रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ४८९ पुगेको छ । शुक्रबार मध्यान्हसम्ममा ४८९ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

प्रहरीका अनुसार रसुवामा १३ जना, नुवाकोटमा ३७ जना, धादिङमा ४० र चितवनमा १८६ जनाको शव फेला परेको छ । गोरखामा ४४ जना, तनहुँमा २९ जना, नवलपरासी पूर्वमा ११२ जनाको शव भेटिएको छ ।


सम्पर्कविहीन भएकाहरूको खोज तथा उद्धारमा तिनवटै सुरक्षा निकायबाट ठुलो सङ्ख्यामा उद्धारकर्मी परिचालन गरिएको छ । खोज तथा उद्धारमा सुरक्षाकर्मीलाई स्थानीयले सहयोग गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *