अनलाइन बेटिङ र क्रिप्टो कारोबारविरुद्ध प्रहरीको निगरानी कडा

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र ४

काठमाडौं । प्रहरीले अनलाइन बेटिङ तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न व्यक्तिमाथि कारबाही तीव्र बनाएको छ।

आर्थिक वर्ष २०८२/८३ मा अनलाइन बेटिङमा ४८ जना र क्रिप्टोकरेन्सी कारोबारमा ४२ जना पक्राउ परेका छन्। प्रहरीले डिजिटल माध्यम, बैंकिङ कारोबार तथा डिजिटल वालेटमार्फत हुने गतिविधिको निगरानी बढाएको जनाएको छ।

प्रहरीका अनुसार अनलाइन बेटिङ साइबर अपराध, ठगी र हुण्डी कारोबारसँग समेत जोडिने भएकाले सम्भावित गिरोह र नेटवर्कमाथि विशेष निगरानी भइरहेको छ।

कानुनअनुसार सट्टाबाजीमा संलग्नलाई एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुनसक्छ भने क्रिप्टोकरेन्सीसम्बन्धी कसुरमा पाँच वर्षसम्म कैद तथा बिगोबमोजिम जरिवानाको व्यवस्था छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *