|
२०८३ भाद्र ३
म्याग्दी । रघुगंगा गाउँपालिका–३ राहुपारेमा सार्वजनिक जग्गामा बनाइएका अस्थायी टहरा हटाइएको छ। पहिरोपीडित परिवारले वैकल्पिक बसोबासको व्यवस्था भएपछि बस्ती छाडेपछि गाउँपालिकाले डोजर लगाएर संरचना हटाएको हो।
२०७२ सालको बैँसरी पहिरोबाट विस्थापितहरू लामो समयदेखि राहुपारेमा अस्थायी रूपमा बस्दै आएका थिए। पछिल्लो सहमतिअनुसार साउन मसान्तभित्र बस्ती खाली गरिएपछि गाउँपालिकाले टहरा भत्काएको जनाएको छ।
गाउँपालिकाका अनुसार अब सार्वजनिक जग्गा, सडकको अधिकार क्षेत्र र सार्वजनिक उपयोगका स्थानमा भएका अन्य अतिक्रमण पनि हटाउने अभियान सञ्चालन गरिनेछ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्