|
२०८३ बैशाख २१
काठमाण्डौँ । काठमाडौं महानगरपालिकाले चाबहिलको साततले क्षेत्रमा बनाइएका घरमा समेत डोजर चलाएर भत्काएको छ ।
सार्वजनिक जग्गा मिचेर अनधिकृत रुपमा बनाइएका संरचना हटाउने क्रममा साततले क्षेत्रमा पनि डोजर चलाइएको हो ।
सो क्षेत्रमा पक्की ठूला बिल्डिङहरु समेत बनेका थिए । ती सबै घरहरुमा सुरक्षाकर्मी परिचालन गरी भत्काउने काम जारी छ ।
यसअघि महानगरपालिकाले थापाथली, गैह्रीगाउँ, मनोहरा, अनामनगर, शंखमुल, बुद्धनगर, टेकु, स्वयंभू, बालाजु लगायतका विभिन्न स्थानमा पनि डोजर लगाएर भत्काइएको छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्