|
२०८३ बैशाख ६
काभ्रेपलाञ्चोकमा परेको अविरल वर्षाका कारण बिपी राजमार्गको कटुञ्जे–मङ्गलटार खण्ड आइतबार बिहानदेखि अवरुद्ध भएको छ। रोशी खोलामा पानीको सतह बढेपछि बनाइएका अस्थायी डाइभर्सन बग्दा यातायात ठप्प बनेको हो।
प्रहरीका अनुसार सडक मर्मत कार्य सुरु गरिएको छ, तर आवागमन सामान्य हुन केही समय लाग्नेछ। सडक बन्द भएपछि धुलिखेल र नेपालथोक क्षेत्रमा सवारीसाधन रोकिएको छ।
प्रभावित क्षेत्रमा यसअघि पनि बाढीपहिरोले क्षति पुर्याउँदै आएको छ, जसका कारण हालसम्म अस्थायी संरचनामार्फत यातायात सञ्चालन हुँदै आएको छ। यात्रुहरूलाई आवश्यक नभएसम्म उक्त मार्ग प्रयोग नगर्न आग्रह गरिएको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्