|
२०८३ श्रावण १२
काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज बागमती, गण्डकी र कर्णाली प्रदेशका केही पहाडी क्षेत्रमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार देशका अधिकांश पहाडी तथा हिमाली भू–भागमा दिनभर सामान्यदेखि पूर्ण बदली रहनेछ। ती क्षेत्रका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ भने लुम्बिनी र सुदूरपश्चिमका केही क्षेत्रमा पनि वर्षाको प्रभाव रहने जनाइएको छ।
विभागले विशेषगरी बागमती, गण्डकी र कर्णालीका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले नदी, खोला तथा पहिरोको जोखिम भएका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
आज रातिसमेत देशका पहाडी र हिमाली भू–भागमा बदली कायम रहने र केही स्थानमा मेघगर्जनसहित वर्षा जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्