देशभर वर्षाको क्रम जारी, पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण १७

काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आइतबार पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिम क्षेत्रमा सरदर स्थानको आसपास तथा पूर्व क्षेत्रमा औसतभन्दा केही उत्तरतर्फ रहेकाले मौसममा यसको प्रभाव कायम रहेको हो।

महाशाखाले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने जनाएको छ। साथै पहाडी क्षेत्रका धेरै स्थान तथा तराईका केही भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। हिमाली क्षेत्रका केही स्थानमा वर्षासँगै हिमपातसमेत हुन सक्ने पूर्वानुमान गरिएको छ।

रातिको समयमा पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने र वर्षाको क्रम निरन्तर रहने मौसमविद्को अनुमान छ। विशेषगरी पहाडी क्षेत्रमा मध्यमदेखि भारी वर्षा हुन सक्ने भएकाले नदी–नाला आसपास बसोबास गर्ने, सडक यात्रा गर्ने तथा पहिरोको जोखिम रहेका क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *