|
२०८३ असार ३१
काठमाडौं : देशभर मनसुनी वायु सक्रिय रहँदा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यूनचापीय रेखा नेपाल नजिक रहेकाले विभिन्न क्षेत्रमा वर्षाको गतिविधि बढेको हो।
मौसम पूर्वानुमान महाशाखाले पहाडी तथा तराई क्षेत्रका केही स्थानमा मेघगर्जनसहित मध्यमदेखि भारी वर्षा हुनसक्ने जनाएको छ। विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्र तथा मधेस र केही तराई भूभागमा भारी वर्षाको सम्भावना देखिएको छ।
भारी वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव र भूक्षयको जोखिम बढ्न सक्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। वर्षाले कृषि, सडक तथा हवाई यातायात र दैनिक जनजीवन प्रभावित हुनसक्ने भन्दै पछिल्लो मौसम सूचनामा ध्यान दिन अनुरोध गरिएको छ।

दाक्सु मिडिया



तपाईको प्रतिक्रिया दिनुहोस्