भरतपुर अस्पतालको एमआरआई सेवा बन्द

DaksuMedia दाक्सु मिडिया
|
२०८१ श्रावण १९

चितवन : चितवनको भरतपुर अस्पतालमा केही साता अगाडि जोडिएको एमआरआई मेसिनको एमप्लिफायर चट्याङ्का कारण बिग्रिंदा सेवा बन्द भएको छ ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. कृष्णप्रसाद पौडेलले दिएको जानकारी अनुसार १६ गते परेको चट्याङ्गले मेसिनमा जडान गरिएको एमप्लिफायर बिग्रिएको थियो ।अस्पतालका रेडियोलोजी विभागका प्रमुख डा. केशव पौडेलले चट्याङले बिग्रिएको सामान जर्मनीबाट मगाउनु पर्ने बताए ।

अर्थिङ्ग भए पनि मेसिनमा चट्याङ्गले क्षति गरेको डा. पौडेलले बताए । ‘जर्मनीबाट सामानको अर्डर भैसकेको भन्ने सुनेको छु, केही दिनमा नै नेपाल आउने र जडान गर्ने भन्ने सूचना छ,’ डा.पौडेलले भने, ‘चाँडै नै सेवा पुनः सुचारु हुने विश्वासमा छौं ।’

अस्पतालमा एमआरआई सेवा ४ दिनदेखि बन्द हुँदा बिरामीलाई समस्या पर्न थालेको छ । दैनिक १४/१५ जना बिरामीको एमआरआई हुँदै आएको डा. पौडेलले बताए ।

जर्मनीमा बनेको सिमेन्स कम्पनीको ‘थ्री टेस्ला ६४ च्यानल’को सो मेसिन गत जेठ २३ गते अस्पतालमा ल्याइएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *