काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई केन्द्रमा राखेर संगठन विस्तार तथा चुनावी तयारीमा जुट्न नेता–कार्यकर्तालाई निर्देशन दिएका छन्। उनले पार्टीलाई आगामी निर्वाचनपछि देशको बलियो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने लक्ष्य रहेको बताएका छन्।
काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै घिसिङले स्थानीय र प्रदेश निर्वाचनलाई पहिलो प्राथमिकतामा राखी त्यसपछि संघीय निर्वाचनको तयारी गर्नुपर्ने धारणा राखे। उनले वर्तमान सरकारको कार्यसम्पादन सन्तोषजनक नरहेको दाबी गर्दै यसको आयु लामो नहुने टिप्पणी पनि गरे।
घिसिङले जनताले नयाँ राजनीतिक विकल्प खोजिरहेको उल्लेख गर्दै उज्यालो नेपाल पार्टीले त्यसको नेतृत्व गर्न सक्ने विश्वास व्यक्त गरे। साथै, संगठन सुदृढ गर्दै जनतामाझ सक्रिय रूपमा पुग्न नेता–कार्यकर्तालाई उनले आग्रह गरे।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्