|
२०८३ जेष्ठ ३०
काठमाडौँ : उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले चुनावी परिणाम अपेक्षाअनुसार नआए पनि आफूहरू निराश नभएको बताएका छन्।
शनिबार काठमाडौँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले पछिल्लो निर्वाचनलाई अनुभव र सिकाइको रूपमा लिएको उल्लेख गर्दै पार्टीलाई अझ बलियो र देशव्यापी बनाउने बताए।
कुलमान घिसिङका अनुसार जनताको विश्वास र माया गुमेको छैन, र त्यसलाई आगामी दिनमा शक्तिमा रूपान्तरण गर्ने लक्ष्य रहेको छ।
उनले नेता–कार्यकर्तालाई संगठन विस्तार र सदस्यता अभियानलाई अभियानकै रूपमा अघि बढाउन निर्देशन दिएका छन्। साथै, यो चरणलाई सफलताका लागि पहिलो खुट्किलो भएको पनि उनको भनाइ छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्