सरकारप्रति जनविश्वास घट्दा निराशा बढेको कुलमान घिसिङको भनाइ

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण २

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारप्रति जनताको विश्वास कमजोर हुँदै जाँदा निराशा बढिरहेको बताएका छन्।

खाँडादेवी–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै घिसिङले नागरिकसँगै उद्योग व्यवसाय क्षेत्रले पनि सरकारबाट भरपर्दो आधार पाउन नसकेको दाबी गरे।

उनले देशमा देखिएका केही निराशाजन्य घटनामा सरकारको कमजोरी पनि जिम्मेवार रहेको टिप्पणी गरे। दुई तिहाइ नजिकको सरकारले जनताको अपेक्षा पूरा गर्न नसके अवस्था थप जटिल बन्न सक्ने उनको भनाइ थियो।

घिसिङले उज्यालो नेपाल पार्टी दीर्घकालीन योजनासहित अघि बढेको भन्दै आगामी दिनमा देशभर कार्यक्रम सञ्चालन गरी जनताका समस्या बुझ्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *