कुलमान घिसिङको चुनावी यात्रा अब मधेश प्रदेशमा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ २२

सिराहा । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलें बिहीबारबाट सिराहा र धनुषा जोड्ने कमला पुल हुँदै चुनावी अभियान सुरु गरेका छन् ।

घिसिङ नदी क्षेत्रमा ह्युम पाइप राखी अस्थायी आवत–जावतको व्यवस्था गरिएको स्थलबाट कमला नदी हुँदै सिराह पुगेका हुन् । पार्टीका नेता, कार्यकर्ता र स्थानीयले उनलाई कमला पुलमा स्वागत गरेका थिए । तराई–मधेशको जीवनरेखा मानिने हुलाकी राजमार्गअन्तर्गत सिराहा–धनुषा सीमामा पर्ने कमला नदीमा अस्थायी डाइभर्सन निर्माण भएसँगै वर्षौँदेखिको नागरिक समस्या अन्त्यतर्फ उन्मुख भएको छ ।

१४ वर्षसम्म पुल नबन्दा स्थानीयवासी जोखिमपूर्ण यात्रा गर्न बाध्य थिए भने सवारीसाधनले लामो वैकल्पिक रुट प्रयोग गर्दै आएका थिए । भौतिक मन्त्री रहेका बेला गत मंसिर ५ गते घिसिङले कमला पुलको स्थलगत निरीक्षण गरेका थिए ।

पुल नबन्दा सिर्जना भएको पीडा र जोखिम प्रत्यक्ष देखेपछि उनले समस्या समाधानका लागि नदी क्षेत्रमा ह्युम पाइप राखी अस्थायी आवत–जावतको व्यवस्था गर्न सम्बन्धित निकायलाई निर्देशन दिई अस्थायी डाइभर्सन निर्माणको प्रक्रिया अगाडि बढाएका थिए । घिसिङले अस्थायी व्यवस्था भएपनि कमला नदी पार गर्न सकिँदा खुसी व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *