एकतामा पदको लेनदेन नभएको कुलमान घिसिङको स्पष्टोक्ति

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ १०

काठमाडौँ: उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रास्वपासँग एकता गर्ने क्रममा आफूले कुनै पदका लागि सम्झौता नगरेको स्पष्ट पारेका छन्।

शनिबार काठमाडौँमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा उनले रवि लामिछानेलाई सभापति र बालेन शाहलाई वरिष्ठ नेता मानेर नै एकतामा सहभागी भएको उल्लेख गरे। पदको बार्गेनिङ गरेको भन्ने आरोप आधारहीन रहेको उनको भनाइ छ।

घिसिङका अनुसार पार्टी व्यवस्थापनबारे छलफल भइरहेकै बेला रास्वपाका शीर्ष तहबाट एकता भङ्गको सूचना आएको थियो। समानुपातिकतर्फ उज्यालो नेपाल पार्टीले त्याग गरेको दाबी गर्दै उनले प्रत्यक्षतर्फ केही बढी उम्मेदवार उठाउने प्रस्ताव राख्दा एकता टुटेको बताए।

उनले रास्वपासँगको एकता भङ्गमा बाह्य दबाब हुनसक्ने आशङ्का व्यक्त गर्दै आगामी निर्वाचनका लागि पार्टीले तयारी तीव्र बनाएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *