त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित

DaksuMedia दाक्सु मिडिया
|
२०७८ बैशाख १३

काठमाडौं : त्रिभुवन विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका सबै पूर्वनिर्धारित परीक्षा अर्को सूचना नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ।

परीक्षा चलिरहेका बेला कोभिड-१९ को दोस्रो लहर आएर विभिन्न ठाउँमा निषेधाज्ञा जारी भएका कारण परीक्षा सञ्चालनमा कठिनाइ भएको त्रिविले जनाएको छ।

यसअघि आइतबार बसेको सिसिएमसीको बैठकले सबै परीक्षाहरू स्थगित गर्न निर्देशन दिएको थियो।

यस अघिका सबै परीक्षा त्रिविले सञ्चालन गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *