वैशाख १४ देखि कक्षा १२ को परीक्षा, बोर्डले गर्‍यो तालिका सार्वजनिक

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन ५

काठमाडौँ, ५ फागुन — राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको कार्यतालिका सार्वजनिक गरेको छ। परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुरले जारी गरेको सूचनाअनुसार २०८३ साल वैशाख १४ गतेदेखि परीक्षा सुरु हुनेछ।

साधारण, प्राविधिक तथा परम्परागत धारअन्तर्गत नियमित र आंशिक (रजिस्ट्रेसन नम्बरका सुरुका दुई अंक ७९, ८०, ८१ र ८२ भएका) परीक्षार्थीहरूका लागि परीक्षा सञ्चालन गरिनेछ। परीक्षा बिहान ८:०० बजेदेखि ११:०० बजेसम्म हुनेछ र वैशाख २७ गतेसम्म चल्नेछ।

पहिलो दिन वैशाख १४ गते अनिवार्य अङ्ग्रेजी नियमित विषयबाट परीक्षा सुरु हुनेछ। त्यसपछि नेपाली, अङ्ग्रेजी (आंशिक), सामाजिक अध्ययन तथा विभिन्न संकायका अनिवार्य र ऐच्छिक विषयहरू तोकिएको तालिकाअनुसार सञ्चालन गरिने बोर्डले जनाएको छ।

बोर्डले परीक्षार्थीलाई परीक्षा सुरु हुनुभन्दा कम्तीमा ३० मिनेटअघि केन्द्रमा उपस्थित हुन निर्देशन दिएको छ। परीक्षा सुरु भएको १५ मिनेटपछि आउनेलाई सहभागी गराइने छैन भने अनुपस्थित हुनेका लागि पुनः परीक्षा नहुने स्पष्ट गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *