कक्षा १२ को परीक्षा स्थगित

DaksuMedia दाक्सु मिडिया
|
२०७८ श्रावण २३

काठमाडौं, साउन २३ । यो वर्षको कक्षा १२ को परीक्षा स्थगित भएको छ ।आजको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य मन्त्रालयले शुक्रबार कोरोना महामारीको जोखिम बढेको भन्दै सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको थियो ।

परीक्षा स्थगित भएपनि फेरि कार्यविधि बनाएर भौतिक रुपमै परीक्षा लिइने बोर्डले बताएको छ ।

अब परीक्षा गराउँदा १५ दिन अघि सूचना प्रकाशन गरी परीक्षार्थीलाई जानकारी गराइने बोर्डले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *