|
२०८३ श्रावण १५
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेन्द्र शाहबीच बिहीबार शीतलनिवासमा भेटवार्ता भएको छ। प्रधानमन्त्री नियुक्त भएको चार महिनापछि शाहले राष्ट्रपतिसँग पहिलोपटक औपचारिक भेट गरेका हुन्।
करिब १५ मिनेट चलेको भेटमा देशको समसामयिक अवस्था तथा तराई–मधेस क्षेत्रका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
भेटका क्रममा प्रधानमन्त्री शाहले सरकार समस्या समाधानमा सक्रिय रहेको बताएका थिए। राष्ट्रपति पौडेलले भने मुलुकको अवस्थाप्रति चासो व्यक्त गर्दै सबै राजनीतिक दलसँग संवाद र सहकार्य गरेर अघि बढ्न सरकारलाई सुझाव दिएका छन्।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्