|
२०८२ माघ १४
राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच बुधबार बिहान शीतलनिवासमा भेटवार्ता भएको छ। प्रधानमन्त्री कार्की बिहान साढे १० बजे राष्ट्रपति निवास पुगेकी थिइन्।
राष्ट्रपतिको सल्लाहकार किरण पोखरेलका अनुसार भेटवार्तामा “समसामयिक विषयहरूमा” छलफल भएको थियो।
दुवै नेताबीच पछिल्लो राजनीतिक घटनाक्रम र आगामी निर्वाचनसँग सम्बन्धित विषयमा कुराकानी भएको जनाइएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्