शितल निवासमा राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

DaksuMedia दाक्सु मिडिया
|
२०७९ चैत्र १७

शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।

आज बिहान प्रधानमन्त्री दाहाल राष्ट्रपति पौडेललाई भेट्न शितल निवास पुगेका हुन्।

‘उहाँहरूबीचको भेटवार्ता नियमित हो,’ राष्ट्रपति सचिवालय स्रोतले भन्यो।

राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेर प्रधानमन्त्री प्रचण्ड शितल निवासबाट बाहिरिइसकेका छन्।

आजको भेटवार्तामा मन्त्रिपरिषद बिस्तारलगायत विषयमा पनि कुराकानी भएको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *