समसामयिक विषयमा छलफल गर्न रास्वपाको सर्वदलीय पहल

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण १३

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी घटनासहित समसामयिक राष्ट्रिय विषयमा साझा धारणा बनाउन सर्वदलीय बैठक बोलाएका छन्।

रास्वपाका अनुसार बैठक आज बिहान सिंहदरबारस्थित लेखा समितिको बैठक कक्षमा बस्नेछ। बैठकमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका साथै उपेन्द्र यादव, महन्थ ठाकुर र सीके राउत नेतृत्वका दललाई पनि निमन्त्रणा गरिएको छ।

रास्वपाले सबै दललाई औपचारिक पत्राचार गर्नुका साथै सभापति लामिछानेले स्वयं नेताहरूसँग सम्पर्क गरेर बैठकमा सहभागी हुन आग्रह गरेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *