हात्ती रोक्न राखिएको विद्युतीय तारमा परेर महिलाको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
साउन १३, २०८३

झापा : भद्रपुर नगरपालिका–४ मा हात्ती नियन्त्रणका लागि लगाइएको नाङ्गो विद्युतीय तार छोएपछि करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।

प्रहरीका अनुसार स्थानीय ६५ वर्षीया सनज्योति लिम्बू आफ्नै बारीमा जाँदा तारको सम्पर्कमा आएकी थिइन्। घटनास्थलमै मृत्यु भएकी उनको शव प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

यसैबीच मेचीनगर–१० मा फ्रिजको तार सर्ट हुँदा भएको आगलागीबाट करिब २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *