हात्ती आतंक रोक्न झापामा विशेष सुरक्षा टोली खटाइने

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ४

झापा, असार ४ — जङ्गली हात्तीका कारण स्थानीयवासीको ज्यान र सम्पत्तिमा बढ्दो जोखिम देखिएपछि झापाको मेचीनगर क्षेत्रमा विशेष सुरक्षा टोली परिचालन गर्ने तयारी गरिएको छ।

प्रधानमन्त्री कार्यालयको निर्देशनपछि सशस्त्र प्रहरी, नेपाल प्रहरी र वन सुरक्षाकर्मी सम्मिलित टोली गठन प्रक्रिया अघि बढाइएको जनाइएको छ। उक्त टोलीलाई हात्ती प्रवेश गर्ने मुख्य क्षेत्र बाहुनडाँगी आसपास केन्द्रित गरी परिचालन गरिने योजना छ।

हालै मेचीनगरमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएपछि स्थानीयवासीले प्रभावकारी सुरक्षा व्यवस्था माग गर्दै आएका थिए। जनप्रतिनिधिहरूले पनि संसद्मार्फत सरकारको ध्यानाकर्षण गराएका थिए।

स्थानीय तहका जनप्रतिनिधिले सुरक्षा टोली परिचालनको निर्णयलाई सकारात्मक कदम भन्दै तालिमप्राप्त जनशक्ति खटाउन आग्रह गरेका छन्। सीमावर्ती भारतीय क्षेत्रबाट आउने हात्तीको बथान नियन्त्रणका लागि दीर्घकालीन रणनीति आवश्यक रहेको सरोकारवालाको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *