कास्की कारागारबाट फरार कैदी केशव कुमाल पाल्पाबाट पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक ३

कार्तिक । कास्की कारागारबाट फरार रहेका कैदी केशव कुमाललाई पाल्पाबाट पक्राउ गरिएको छ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार पाल्पा जिल्लाको माथागढी गाउँपालिका–३ सराईका ४३ वर्षीय कुमाललाई अस्थायी प्रहरी पोस्ट माडि फाँटको टोलीले आइतबार साँझ ५:३० बजे उनकै घरबाट नियन्त्रणमा लिएको हो।

कुमाल यसअघि कास्की कारागारमा कैद सजाय भुक्तान गरिरहेका थिए। तर, भदौ २४ गते “जेन-जेड आन्दोलन”को क्रममा कारागारबाट फरार भएका थिए।

प्रहरीको निरन्तर निगरानी र गोप्य सूचनाको आधारमा उनलाई फेला पारिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डीएसपी) होम प्रकाश चौधरीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *