जोर्डन आक्रमणमा दुई अमेरिकी सैनिकको ज्यान गयो

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण ३

काठमाडौं । जोर्डनमा भएको इरानी आक्रमणमा परी दुई अमेरिकी सैनिकको मृत्यु भएको अमेरिकी सेनाले जनाएको छ।

सेनाका अनुसार घटनापछि इरानका विभिन्न सैन्य लक्ष्यलाई लक्षित गर्दै हवाई कारबाही अघि बढाइएको छ। अमेरिकी सेनाले यो आक्रमण सैनिकको मृत्युपछि गरिएको जवाफी कदम भएको जनाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैनिकको मृत्यु दुःखद भएको प्रतिक्रिया दिँदै इरानलाई आणविक हतियार विकास गर्न नदिने बताएका छन्।

ड्रोन र क्षेप्यास्त्र आक्रमणमा दुई सैनिकको मृत्यु भएको पुष्टि भएको छ भने एक सैनिक अझै बेपत्ता छन्। थप चार सैनिक घाइते अवस्थामा उपचाररत रहेको अमेरिकी सेनाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *