इरानसँगको द्वन्द्वमा ६ अमेरिकी सैनिकको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन १९

काठमाण्डौँ । अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले सोमबार इरानसँगको द्वन्द्वका क्रममा ६ जना अमेरिकी सेवा सदस्य (सैनिक) को मृत्यु भएको जनाएको छ। रोयटर्सका अनुसार अमेरिकी सेनाले एक विज्ञप्ति जारी गर्दै सोमबार भएको उक्त घटनाको पुष्टि गरेको हो ।

घटनाको प्रकृति र मारिएका सैनिकहरूको विस्तृत विवरण भने गोप्य राखिएको छ। यसअघि सेन्टकमले ओमानको खाडीमा ११ वटा इरानी जहाजहरू डुबाइदिएको बताएको थियो । अब उक्त क्षेत्रमा इरानको कुनै पनि जहाज बाँकी नरहेको अमेरिकाको दाबी छ ।

इरानले दशकौँदेखि ओमानको खाडीमा अन्तर्राष्ट्रिय ढुवानीलाई दुःख दिने र आक्रमण गर्ने गर्दै आएको सेन्टकमको भनाइ छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *