|
२०८२ चैत्र १७
काठमाडौँ । नेकपा एमाले को सचिवालय बैठक आज पार्टी कार्यालय च्यासलमा जारी रहेको छ।
जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि सचिवालय बैठक बसेको यो दोस्रो पटक हो। यसअघि ओली पक्राउ परेकै दिन उपाध्यक्ष रामबहादुर थापा बादल को अध्यक्षतामा बसेको बैठकले विरोधका कार्यक्रम तय गरेको थियो।
आजको बैठकमा पार्टीका आगामी कार्यक्रमबारे छलफल भइरहेको एक नेताले जानकारी दिएका छन्। साथै, संसदीय दलको नेता चयन गर्ने विषयमा पनि बैठक केन्द्रित रहने बताइएको छ।
गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित सांसदहरूको पहिलो बैठक १९ चैत दिउँसो २ बजेका लागि बोलाइएको छ। सोही बैठकलाई ध्यानमा राख्दै एमालेले संसदीय दलको नेता चयनको तयारी अघि बढाएको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्